Logo

प्रचण्डलाई भेटेर माधवले भने, ‘तपाईँले ओलीलाई चिन्नुभएकै छैन’



काठमाडौं, २२ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी शर्मा ओलीको विश्वासमा पर्दा एमाले–कांग्रेसको गठबन्धन बनेको बताएका छन् । आज (शनिबार) प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय अधिवेशनलाई सम्बोन गर्दै उनले ओलीले हामी स्वर्ग, नर्क सँगै जाने भनी विश्वास दिलाएर एमाले–कांग्रेस गठबन्धन बनाएको बताएका हुन् ।

कांग्रेस–एमालेबीच सरकार बनाउने सहमति भएपछि पनि ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सरकार सञ्चलानका सम्बन्धमा लामो छलफल गरेको उनले बताए । ओलीले प्रचण्डलाई आगामी अवधि (०८४ को निर्वाचनसम्म) सरकार यताउता हुँदैन भनेर विश्वास दिलाएको उनको भनाइ छ ।

त्यस्तै, प्रचण्डलाई विश्वासमा लिन ओलीले एमाले–माओवादी मिले अगाडि बढ्नुपर्ने भन्दै पार्टी एकतासम्मको आश्वासन दिएको नेता नेपालको दाबी छ ।

नेता नेपालले प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म ओलीलाई चिन्नै नसकेको टिप्पणी गरे । ओलीसँग आफ्नो व्यक्तिगत रिस, आग्रह, पूर्वाग्रह केही नरहेको बताउँदै उनले आफूले राम्रोसँग चिनेको दाबी गरे । प्रचण्डलाई भेटेर ‘तपाईले ओलीलाई चिन्नुभएकै छैन’ भनेको पनि नेता नेपालले सुनाए ।



प्रतिक्रिया दिनुहोस्