Logo

माधव नेपालले बार्गेनिङ गर्दै हुनुहुन्थ्यो, अब दोकान बन्द हुनेभयोः महेश बर्तौला



काठमाडौं, २३ असार । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको बार्गेनिङ सकिएको टिप्पणी गरेका छन् । यसअघि अध्यक्ष नेपालले संसद्को गणित देखाएर सरकार ढाल्दिन्छौं भन्दै बार्गेनिङको दोकान चलाएको टिप्पणी गर्दै उनले अब त्यो दोकान समाप्त भएको बताएका छन् ।

एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘उहाँलाई अहिले हामीले जोडबल गरेनौं । उहाँको दोकान बन्द हुनेभयो । मुख्य कुरा माधव नेपालहरुको संसद्को गणित देखाएर जे बार्गेनिङ गरेर सरकार आजै ढाल्दिन्छु, भालि ढाल्दिन्छु भनेर जे बार्गेनिङ गर्दैहुनुहुन्थ्यो, दोकान, व्यवसाय चलाउँदै हुनुहुन्थ्यो । माधव नेपालको दोकान समाप्त भयो । माधव नेपालजीहरुको ढोका बन्द हुनेभयो ।’



प्रतिक्रिया दिनुहोस्