Logo

कोही अनैतिक र भ्रष्टहरुले प्रधानमन्त्रीलाई नैतिकताको पाठ सिकाइरहनु पर्दैनः लेखनाथ दाहाल



काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले कसैले भन्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने बताएका हुन् ।

‘कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईँहरुको इच्छाले राजीनामा प्राप्त हुँदैन । संवैधानिक व्यवस्थाअनुसार नै सरकार अगाडि बढ्छ । कोही अनैतिक र भ्रष्टले नैतिकताको पाठ पनि सिकाइरहनुपर्दैन,’– उनले भने ।

सरकारलाई समर्थन गरेको राजनीतिक दलले समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक प्रावधान नै रहेको र सोहीअनुसार प्रधानमन्त्री प्रचण्ड अगाडि बढेको उनले बताए । संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन खोज्नुलाई अनैतिक भन्न नमिल्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्