Logo

चित्रबहादुर केसीको टिप्पणीः एमाले-कांग्रेस मिल्नुमा ‘दालमे कुछ काला हे’



काठमाडौं, २३ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं चित्रबहादुर केसीले एमाले–कांग्रेसको गठबन्धनमाथि आशंका गरेका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी स्टेटमा दुई ठूला पार्टीले सम्झौता गरेको आशंका व्यक्त गरेका हुन् ।

‘भ्रष्टाचारलाई छामछुम पार्नलाई, भुटानी शरणार्थीको काण्डमा र गिरीबन्धु टी स्टेटको काण्डमा दुईटा ठूला पार्टीको सम्झौता हो भने नेपाली जनतालाई मान्य हुँदैन,’– उनले भने ।

नेता केसीले भ्रष्टाचारबाट नयाँ, पुराना, साना–ठूला कोही पार्टी चोखा नरहेको बताए । उनले कसैले रोस्ट्रमबाट आफ्नो सफाइ दिएपनि जनताले नपत्याउने बताए ।



प्रतिक्रिया दिनुहोस्