Logo

माओवादी नेता दाहालको दाबी, ‘असार २८ सम्म परिस्थितिमा फेरबदल आउँछ’



काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउने सम्भावना प्रवल रहेको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले असार २८ गतेसम्म परिस्थितिमा फेरबदल आउने दाबी गरेका हुन् ।

‘संवैधानिक व्यवस्थाअन्तर्गत नै २८ गते विश्वासको मत लिने व्यवस्था गरिएको छ । मलाई विश्वास छ–२८ गतेसम्म परिस्थितिमा थोरै फेरबदल आउँछ । सम्माननीय प्रधानमन्त्रीजीकै निरन्तरतामा अगाडि बढ्न सकिन्छ भन्ने सम्भावना पनि देखिएको छ,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउँदै गर्दा पनि माओवादी केन्द्रको तर्फबाट संसद्मा प्रभावकारी र रचनात्मक भूमिका निर्वाह गर्ने उनले बताए । नेता दाहालले संविधानको रक्षा, संविधानको सफल कार्यान्वयन र नेपाली जनताको समृद्धिको आकांक्षालाई पूरा गर्ने कुरामा माओवादी केन्द्र अगाडि बढ्ने बताए ।



प्रतिक्रिया दिनुहोस्