Logo

प्रदीप पौडेलको टिप्पणीः ‘कांग्रेस-एमाले मिलेर बन्ने सरकारको दुईटा बाटो छ, एउटा भ्रष्टाचारको फाइल नखोल्ने’ (भिडिओसहित)



काठमाडौं, २४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले कांग्रेस–एमाले मिलेर बन्ने सरकारको दुईवटा बाटो रहेको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यथास्थितिमा रमाउने कि जनताको पक्षमा काम गर्ने भन्ने सरकारका दुईवटा बाटो रहेको बताएका हुन् । अब बन्ने सरकारलाई ढाकछोप गर्ने र काम नगर्ने छुट नरहेको उनको भनाइ छ ।

नेता पौडेलले कांग्रेस–एमाले सुशासन र भ्रष्टाचारको अन्त्यका लागि मिलेको हो भने गलत नहुने उनको भनाइ छ । दुई ठूला दल मिल्नुको विषय प्रष्ट हुन आवश्यक रहेको उनले बताए । नेता पौडेलले सरकार बनाउन, केही मानिस मन्त्री हुन र कोही प्रधानमन्त्री हुन मात्रै कांग्रेस–एमाले मिलेको हो भने त्यो गलत हुने उनको भनाइ छ ।

उनले कांग्रेस–एमाले मिलेर बन्ने सरकारको भ्रष्टाचारको फाइल नखोल्ने वा रोक्ने वा ठूला–ठूला भ्रष्टाचारको फाइल खोलेर राजनीतिक सफाया दिने भन्ने दुईवटा बाटो रहेको बताए । भ्रष्टचारको फाइल नखोल्ने वा रोक्ने जस्ता काम कांग्रेस–एमाले मिलेर बन्ने सरकारले गरेमा आगामी निर्वाचनमा झनै कमजोर परिणाम आउने उनको भनाइ छ ।

‘यो सरकारको दुई वटा बाटोहरु छन् । एउटा विभिन्न काण्डहरुको फाइल नखोल्ने, छानविन नगर्ने, मतलब त्यसलाई खोक्न । चोखिने त को परेको छ भन्ने आइडिन्टिफाइ भएपछि मात्रै हुने कुरा हो । को परेको छ भन्ने पत्ता लगाउने बाटोतिरै नगएर, छनविनको दिशातिरै नजाने । अर्को चाहीँ चर्चित भ्रष्टाचारका फाइलहरु खोल्न आफैं इनिसिएट गर्ने । आफैंले नेतृत्व गर्ने, यिनी चर्चामा आएका विषय हुन्, त्यसमा हामीलाई पनि जोडिएको छ । राजनीति सफाया गर्नुपर्ने आजको आवश्यकताको कारणले यसलाई पुरै खोलौं । यसमा जो–जो पर्छ हेरौं भन्ने । यो दुईवटा बाटो हो । सुशासनको नेतृत्वव गर्ने, भ्रष्टाचार अन्त्यका निमित्त पहल गर्ने एउटा यो बाटो हो,’– उनले भने ।

कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि विभिन्न काण्डको ढाकछोपमात्रै भए व्यवस्थाको व्यूटी नै सकिने उनको भनाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इतिहासमा गर्न नसकेको काम गर्ने अवसर प्राप्त भएको उनको टिप्पणी छ । तर, नेताहरुले प्रधानमन्त्री बन्नमात्रै सम्झौता गरेको हो भने घातक हुने उनको चेतावनी छ । उनले संविधान संशोधनको सहमति भएपनि के–के कुरा संशोधान गर्न खोजेको हो भन्ने प्रष्ट नगरेको बताए । उनले जनताले स्वीकार गर्नेगरी संविधान संशोधन भएमा मात्रै ठीक हुने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्