Logo

सदनमा माओवादी सांसद घर्तीले मुर्ख बाहुन भनेपछि…



काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीमगरले बोलेको कुरामा नेपाली कांग्रेसका सांसदले नियमापत्ति जनाएका छन् ।

सोमबार बसेको बैठकमा लुम्बिनी प्रदेशका पूर्व सभामुखसमेत रहेका घर्तीले नयाँ सत्ता समीकरणसँग तुलना गर्दै कथा सुनाएका थिए । सोही क्रममा उनले मुर्ख बाहुन शव्द प्रयोग गरेका थिए । उनले भनेका थिए ‘गंगा नदीको किनारमा एकजना पण्डित ध्यानमग्न भएको बेला गोही आएछ । गोहीले पण्डितलाई आकर्षित गर्न मोतीका दाना फालेछ । पण्डितले ती दाना गोजीमा राखे । पण्डितलाई प्रलोभनमा पारेर गोहीले आफ्नो काँधमा राखेर नदीमा लग्यो । यात्राका क्रममा नदीमा ठूलो भूल्का आयो र पण्डित डराए । पण्डित डराएपछि गोही हास्यो र भन्यो– ‘मूर्ख बाहुन, मैले त मेरो स्वार्थका लागि लिएर आएको हुँ’ । त्यसपछि पण्डितको शिकार गर्यो’ ।

घर्तीको सो अभिव्यक्तिप्रति कांग्रेस सांसद राजेन्द्र बजगाईंले नियमापत्ति जनाए । उनले आफू बाहुन समूदायको भएको भन्दै सो शव्दप्रति नियमापत्ति जनाए । बजगाईंको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले विषय प्रसगंगमा मात्र सो कुरा आएको र साँच्चैको बाहुनलाई नभनेको भन्दै आश्वस्त बनाए ।



प्रतिक्रिया दिनुहोस्