Logo

मुकुल ढकाललाई पदबाट बर्खास्त गर्ने रास्वपाको निर्णय



काठमाडौं,२५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

यसअघि बैठकमा पार्टीको अनुशासन आयोगले ढकाललाई साधारण सदस्य रहनेगरी कारबाही गर्न सिफारिस गरेको थियो ।

अनुशासन आयोगले पनि उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न सिफारिस गरेपछि केन्द्रीय समितिको बैठकले पनि सोही निर्णय गरेको हो । यसअघि गत साता ढकाललाई पार्टीले एक साताको लागि निलम्बन गरेको थियो ।

बैठकपछि नेता मनिष झाले संचारकर्मीलाई भने, ‘अभद्र, अमर्यादित, अशोभनीय र पार्टी हित विपरित काम गरेकोमा पार्टी अनुशासन विभागले गरेको सिफारिस बमोजिम कारबाहीको निर्णय गरिएको छ ।”

ढकाललाई पार्टी निर्णयमा चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्ने मौका दिइएको झाले बताए । यसअघि केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको थियो ।

बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीकोविरुद्ध गतिविधि गरेको भन्दै उनी निलम्बनमा परेका थिए ।



प्रतिक्रिया दिनुहोस्