Logo

विराटनगरमा छुरा प्रहारगरि १ युवकको हत्या, २ जना गम्भीर घाइते



काठमाडौं,२५ असार । विराटनगरमा एकजना युवकको हत्या भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ ।

मृत्यु हुने युवक मोरङकै कटहरी गाउँपालिका-१ जमटोकीका २१ वर्षीय करण कामत हुन् । कटहरी–१ कै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर घाइते छन्। उनीहरुको शरीरमा धारिलो हतियारको चोट छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

घाइते दुबै युवकलाई विराटनगरमै विराट टिचिङ अस्पतालमा सामान्य उपचार पछि प्रहरीले थप उपचारको लागि विराटनगरकै नोबेल अस्पतालमा लगेको छ। घाइतेमध्ये अमन रायको अवस्था चिन्ताजनक छ।



प्रतिक्रिया दिनुहोस्