Logo

दुई वा दुईभन्दा बढी दलको सरकार बन्ने सम्भावना रहेसम्म संविधानको धारा ७६ (३) आकर्षित हुँदैनः शेरबहादुर केसी



काठमाडौं, २५ असार । नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार बन्ने सम्भावना रहेसम्म संविधानको धारा ७६ को उपधारा ३ अभ्यासमा नआउने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार नै बन्न नसकेको र ७६ को उपधारा २ को प्रयोग निष्कृय भएको अवस्थामा मात्रै उपधारा ३ को अभ्यास हुने बताएका हुन् ।

‘जुन दिनसम्म दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार बनाउने सम्भावना रहन्छ, त्यो दिनसम्म ७६ (२) नै प्रयोग भएर यो देशको सरकार बन्छ,’– उनले भने ।

यस विषयमा सर्वोच्च अदालतले समेत प्रदेश सरकार गठनको सन्दर्भमा नजीर तय भइसकेको उनले बताए । उनले माओवादीका नेताहरुलाई केपी ओली प्रधानमन्त्री हुन हुँदैन भन्ने सोच आएको उनले टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्