Logo

प्रतिपक्षका साथीहरु २८ गतेसम्म धैर्यता राख्नुस्, संविधानको धारा ७६ (३) कै सरकार बन्छः महिन्द्र यादव



काठमाडौं, २५ असार । प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएमा संविधानको धारा ७६ (३) बमोजिम सरकार गठन हुने दाबी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रतिपक्षका सांसदहरुलाई असार २८ गतेसम्म पर्खिन आग्रह गरे ।

‘संसद्मा विश्वासको मत लिनु स्वभाविक रुपमा वैधानिक प्रक्रिया हो । विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसार अर्को सरकार बन्छ । त्यसकारण मैले प्रतिपक्षका साथीहरुलाई आग्रह गर्न चाहन्छु–२८ गतेसम्म धैर्यता राखिदिनका लागि,’– उनले भने ।

एमाले–कांग्रेस नेतृत्वको सरकारले संविधान संशोधनको कुरा उठाइरहेको विषयमा उनले संविधान संशोधन गरेर दुई दलीय व्यवस्थामा लान खोजेको हुनसक्ने आशंका व्यक्त गरे । साथै, थ्रेस होल्ड हटाउन खोजिएको हुनसक्ने पनि उनको आशंका छ । उनले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशी संविधानको चार खम्बा रहेको बताए । उनले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशी व्यवस्थामा दायाँबायाँ गरिए राम्रो नहुने चेतावनी दिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्