Logo

हिमताल संरक्षणका लागि विशेष योजना बनाउन सांसद आरजु राणाको माग



काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा आरजु राणा देउवाले हिमताल संरक्षणका लागि विशेष योजना ल्याउन सरकारसँग माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै संसद्को कृषि तथा जलस्रोत समितिकी सभापतिसमेत रहेकी सांसद राणाले हिमतालको बेलैमा संरक्षण नगर्ने हो भने यस्ले भयावह अवस्था सिर्जना हुने बताईन् ।

‘विगत १० वर्षदेखि हिमतालहरु सुक्दै गएका र हिमतालहरु विष्फोट हुँदै गएका घटना बाहिर आईरहेका छन् । यस्ता घटनाहरु प्राकृतिक हुन् । तर, गत एक दशकमा यस्ता घटनाको तीव्रता बढिरहेको छ । त्यसकारण एउटा प्रश्न बाध्यकारी छ । र त्यो प्रश्नको जे उत्तर आएको छ । त्यो हामी नेपालीहरुको लागि धेरैनै भयावह छ । अहिले हामीले नदि बढेर बाढी आएर नागरिकहरुले दुःख पाईरहेका छन् । तर, हिमताल फुट्यो भेन यो भन्दा पनि धेरै ठूलो आपत्त आउनेवाला छ । हामी हिमतालबाट निस्किएका नदि,नालाहरु हाम्रा धर्म संस्कृतिसँग पनि जोडिएका छन् । यी विविध आयामले गर्दा हिमतालको संरक्षण गर्नु हाम्रो दायित्व हो’ उनले भनिन् ।

सांसद राणाले हिमताल संरक्षका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालिन योजना ल्याउन आवश्यक रहेको बताईन् । उनले उर्जा जलस्रोत तथा सिचाईं मन्त्रालयले आफ्नो वेभसाईटमा यसबारेमा विस्तृत जानकारी समावेश गर्नुपर्ने माग पनि गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्