Logo

माओवादीलाई एमालेको जवाफ: सरकार संविधानकै धाराभित्रबाट बन्छ, बालाजुको बाइसे धाराबाट बन्दैन



काठमाडौं,२५ असार । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नयाँ सरकार कुन धाराबाट बन्ने भन्ने वहसको विषय नभएको जिकिर गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद रिजालले नेकपा माओवादी केन्द्रले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्ने दाबी गरिरहँदा रिजालले भने त्यो माओवादीकोृ विषय नभएको बताए । उनले सरकार संविधानकै धारा अन्तर्गत बन्ने भन्दै बालाजुको बाईसे धाराबाट सरकार नबन्ने प्रष्ट पारे ।

मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले नयाँ सरकार उपधारा ३ अनुसार बन्ने दाबी गरेपछि त्यही दाबीलाई जवाफ दिँदै उनले भने ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट बन्ने हो । बालाजुको बाइसे धाराबाट बन्दैन । त्यसको चिन्ता तपाईंहरुले गर्नुपर्दैन ।’

गत असार १७ गते मध्यरातमा नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन् । सो सहमति अनुसार असार २८ गतेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् भने दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्