Logo

स्थानीय तहका जनप्रतिनिधिको जतिपनि सेवा सुविधा सांसदहरुले पाएनन्ः रञ्जुकुमारी झा



काठमाडौं, २५ असार । जनता समाजवादी पार्टी (जसपा) की नेतृ एवं प्रतिनिधि सभा सदस्य रञ्जुकुमारी झाले स्थानीय तहका जनप्रतिनिधि र कार्यकारी अधिकृतको जतिपनि सेवा सुविधा नपाएको भन्दै दुःखेसो पोखेकी छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय तहका जनप्रतिनिधि र कार्यकारी अधिकृतलाई गाडीको सुविधा भएपनि आफूहरुले घर जना टेम्पु कुर्नु परेको बताईन् ।

‘संविधान बनाएपछि दुई पटक निर्वाचित स्थानीय सरकार बनिसकेको छ । देशभरीका स्थानीय तहमध्ये मधेश प्रदेशका स्थानीय सरकारलाई प्रत्यक्ष हेर्ने अवसर पनि पाउँछु । त्यहाँको निर्वाचित जनप्रतिनिधि, कार्यकारी अधिकृतहरुले काठमाडौंमा घरजग्गा जोडिसकेको छ, तराईको त कुरा छाड्दिउँ ।’ उनले भने, ‘हामी माननीय सदस्यहरु टेम्पु कुर्नुपर्छ । ती निर्वाचित स्थानीय सरकार र कर्मचारीको लागि गाडीको सुविधा छ । उहाँहरु यतिधेरै खुसीमा हुनुहुन्छ, हरेक किसिमको सुविधा छ । कानुन बनाउने हामी, तर प्रयोगकर्ताहरु लग्जरियस लाइफ बाँचे । हामी पीडित भएर बस्ने ?’ उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्