Logo

प्रचण्डलाई ‘ब्वाँसो’ को संज्ञा दिँदै दयालबहादुर शाहीले सुनाए हिरण्यकश्यपुको कथा



काठमाडौं, २५ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ब्वाँसोको संज्ञा दिएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले ०६२÷०६३ पछि खुल्ला राजनीतिमा आएका प्रचण्डको बल र छलको शेयर ह्वात्तै बढेको टिप्पणी गरे ।

नेता शाहीले प्रचण्डले सुम्सुम्याएर सिध्याउने कला सिकेको टिप्पणी गरे । ठूला हात्ती र भैसीँलाई नसकेपछि ब्वाँसोले सुम्सुम्याएर सिकार गर्ने गरेको उनले सुनाए ।

०६४ पछि प्रधानमन्त्री प्रचण्डको कारणले एमाले सक्किने ठाउँमा पुगेको बताए । त्यसपछि एमालेलाई केपी शर्मा ओलीले जोगाएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले घमण्ड र घृणाको राजनीति गरेको उनको आरोप छ । उनले प्रचण्डलक्षित गर्दै पौराणिक पात्र हिरण्यकश्यपुको कथासमेत सुनाए ।



प्रतिक्रिया दिनुहोस्