Logo

बाढीपहिरो प्रभावित क्षेत्रमा फैलन सक्ने रोगबारे जनस्वास्थ्य सेवा प्रतिष्ठानद्वारा उपराष्ट्रपतिको ध्यानाकार्षण



काठमाडौं, २५ असार । जनस्वास्थ्य सेवा प्रतिष्ठान नेपालले बाढीपहिरो प्रभावित क्षेत्रका जनतामा सरुवा रोगको महामारी फैलनसक्ने भन्दै उपराष्ट्रपति रामसहाय यादवको ध्यानाकार्षण गराएको छ । आज (मंगलबार) उपराष्ट्रपति यादवलाई भेटेर प्रतिष्ठानका पदाधिकारीहरुले बाढीपहिरो पीडित जनताको स्वास्थ्यबारे ध्यानाकार्षण गराएको हो ।

प्रभावित क्षेत्रमा आवश्यक साधन स्रोतहरु जुटाई सहयोग र उद्धार सामाग्रीको बन्दोबस्त गर्न, पिडितहरुलाई तत्काल राहतको व्यवस्था गर्न भन्दै प्रतिष्ठानले उपराष्ट्रपतिको ध्यानाकार्षण गराएको छ । त्यस्तै, सबै तहका सरकार, विभिन्न सरकारी तथा गैरसरकारी राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्था, नागरिक सामाज र अन्य सहयोगी हातहरुलाई यस आपत विपतको घडीमा आवश्यक सहयोगको लागि पनि प्रतिष्ठानले अपील गरेको छ ।

बाढीपहिरो प्रभावित स्थानहरुमा झाडापखाला, आउ, टाईफाईड, घाउ, खटिरा, महामारी, र लामखट्टेको प्रकोप फैली देशको ७३ जिल्लामा डेडुजस्ता रोग सरी अझ सर्ने बढने भएकोले उक्त रोगबाट समयमा नै बच्न र सजग रहन पनि प्रतिष्ठानले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्