Logo

केपी ओली प्रधानमन्त्री बन्न संविधान उल्लङ्घन गर्नुपर्छः लेखनाथ दाहाल (भिडियोसहित)



काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा संविधानको धारा ७६ (३) को सरकार बन्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न संविधानको उल्लङ्घन गर्नुपर्ने बताएका हुन् ।

‘उहाँहरुको सोच सदैव असंवैधानिक, अलोकतान्त्रिक, असंसदीय तरिकाबाट नै सोच्ने तरिका छ । संविधानको धारा ७६ (२) अन्तर्गतको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । हामी ७६ (२) अन्तर्गत नै विश्वासको मत लिनका लागि सदनमा जाँदैछौं । यदि २८ गते हामीले विश्वासको मत प्राप्त गर्न सकेनौं भने स्वतः ७६ (३) आकर्षित हुन्छ । केपी ओली प्रधानमन्त्री हुन संविधानको उल्लङ्घन गर्नुपर्यो,’– उनले भने ।

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जस्तो गलत नजीरको निरन्तरता दिन नहुने उनले बताए । राष्ट्रपति पौडेलले एमाले र कांग्रेस चिन्न नहुने उनले बताए । उनले राष्ट्रपति पौडेलले संविधानको अक्षरश पालना गर्नुपर्ने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्