Logo

माओवादीले डाक्यो संसदीय दलको बैठक



काठमाडौं,२६ असार । सत्ताबाट विस्थापित हुने अवस्थामा पुगेको नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक डाकेको छ । आज दिउँसो २ बजेका लागि संसदीय दलको बैठक डाकेको हो ।

बैठकमा नयाँ सत्ता समीकरण बनेकोलगायत समसामयीक राजनीतिक विषयमा छलफल हुने ।

नेकपा एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् । उनले शुक्रबार विश्वासको मत लिन लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्