काठमाडौं । समीक्षा यात्राको प्रतिवेदन सार्वजनिक भएपछि महामन्त्री डा मुकुल ढकाललाई रास्वपाले कारबाही गरेपछि अन्य पार्टीका नेता तथा कार्यकर्ताले पनि आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् ।
यता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्य बोल्दा कांग्रेसले कसैलाई पनि कारबाही नगर्ने बताएका छन् । कांग्रेस महामन्त्री शर्माले नाम नलिइकन रास्वपाको कारबाहीलक्षित टिप्पणी गरेको देखिन्छ। उनले प्रश्न, आलोचना र विरोधरुपमा सहजग्रहण गरेरै कांग्रेस यहाँसम्म आइपुगेको समेत उल्लेख गरेका छन्।
‘काँग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ । यति सत्य बोल्दा काँग्रेसमा कसैले कार्वाही भोग्नुपर्दैन’ उनले लेखेका छन् ‘प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखी यो समयसम्म काँग्रेस जीवन्त छ र रहिरहनेछ । रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी’ ।