Logo

मुकुल ढकाल भन्छन्: हामीले सोचेको रवि लामिछाने अब त्यस्तो रहेनन्, रास्वपा उनको व्यक्तिगत क्लब भयो



काठमाडौं । रास्वपाका पूर्व महामन्त्री डा मुकुल ढकालले सभापति रवि लामिछानेको रवैयाकै कारण रास्वपाको यो हालत भएको जिकिर गरेका छन् ।

रास्वपाका तर्फबाट सरकारमा नेतृत्व गरेका लामिछाने पदीय जिम्मेवारी अनुरुप काम गर्न नसकेको बताए । “देशमा बाढीपहिरोको संकट छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । उहाँ नागरिकलाई कसरी उद्धार गर्ने, कसरी राहत दिने भनेर खट्नुभएको छैन,” ढकालले भने, “उहाँ महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक राखेर बसिरहनुभएको छ ।”

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ढकालले रवि लामिछाने आम जनताले सोचे र चिनेजस्तो नभएको आरोप लगाए । उनले आफूले चिनेको रवि लामिछाने एक्सन म्यान भएको भन्दै पहिलाको जस्तो नरहेको बताए । “हामीले चिनेको रवि लामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रवि लामिछाने अब रहनुभएन,” ढकालले भने ।



प्रतिक्रिया दिनुहोस्