Logo

प्रचण्डको सत्ता जोगाउन लागिपरे माधव र झलनाथ, पुगे एकसाथ बालुवाटार



काठमाडौं,२६ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाल बालुवाटार पुगेका छन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाल खनाल बालुवाटार पुगेका हुन् । अहिले तीन नेताबीच छलफल जारी छ । नेकपा एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रचण्डले पर्सी विश्वासको मत लिँदैछन् ।

आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले विश्वासको मतका लागि सत्ता साझेदार दलका साथै अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको थियो ।

असार १७ गते एमाले र कांग्रेस मिलेर नयाँ सरकार बनाउने निर्णय गरेका छन् । दुई दलको प्रष्ट बहुमत हुँद्या पनि प्रचण्ड भने विश्वासको मत लिएरै छाड्ने अडानमा छन् ।



प्रतिक्रिया दिनुहोस्