Logo

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुअघि रास्वपाले डाक्यो संसदीय दलको बैठक



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने गरी बस्ने प्रतिनिधिसभा बैठकअगाडि रास्वपाले संसदीय दलको बैठक डाकेको हो । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ९ बजेपछि बैठक बस्नेछ ।

प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका चार मन्त्री छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले रास्वपाबाट प्रतिनिधित्व गरेका छन् ।

कांग्रेस र एमाले मिलेको खबर बाहिरिएलगत्तै उनीहरू राजीनामा बुझाउन बालुवाटार पुगे पनि प्रधानमन्त्री प्रचण्डको अनुरोधपछि विश्वासको मत लिने दिनसम्म कुर्न तयार भएका थिए ।



प्रतिक्रिया दिनुहोस्