Logo

संविधान संशोधन गर्नु भनेको जनता झुक्याउनु होः माओवादी नेता दाहाल



काठमाडौं, २७ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले कांग्रेस–एमालेले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी र समानूपातिक संवैधानिक व्यवस्था उल्ट्याउन खोजेको आरोप लगाएका छन् । कांग्रेस–एमालेबीच सरकार गठन गर्नमात्रै नभएर संवैधानिक व्यवस्थालाई नै उल्टाउने सहमती भएको भन्दै उनले यस विषयमा गम्भीर हुन आग्रह गरेका छन् ।

संविधानको माताहतमा रही जनतामा भोट माग्न गएर निर्वाचित हुनेले संविधान संशोधन गरेर जनता झुक्याउन नहुने बताए । अहिले संविधान संशोधन गर्नु जनतालाई झुक्याउनु बाहेक केही नरहेको उनको भनाइ छ ।

‘यही संविधानको माताहतमा रहेर जनतामा भोट माग्न जाने, निर्वाचित हुने अनि अहिले संविधान संशोधन गर्ने भनेको जनतालाई झुक्याउनु हो । समानूपातिकबाट निर्वाचित हुनुहुनेहरूले समावेशी समानूपातिक विरोधिलाई मतदान गर्नु भनेको आफ्नो खुट्टामा आफैले बञ्चरो हान्नु हो,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्