Logo

प्रधानमन्त्रीलाई विश्वासको मतबारे निर्णय गर्न रास्वपा संसदीय दलको बैठक जारी



काठमाडौं,२८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वास मतबारे छलफल हुनेछ ।

यसअघि रास्वपाका चार जना मन्त्रीले राजीनामा दिने तयारी गरेका थिए।

तर प्रधानमन्त्रीले विशवासको मत लिने बताएपछि उनीहरू रोकिएका थिए ।

असार १७ गते नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो।

उनीहरूबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको थियो ।

दुई ठूला दलबीच नयाँ सरकार बनाउने विषयमा सहमति भएपछि सरकारमा रहेका एमाले, जनता समाजवादी पार्टीका मन्त्रीहरूले समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्।



प्रतिक्रिया दिनुहोस्