Logo

सदनबाट विश्वासको मत लिएलगत्तै प्रचण्डले पत्रकार सम्मेलन गर्ने



काठमाडौं,२८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकपछि दाहालले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

प्रतिनिधि सभा बैठकबाट दाहालले आज विश्वासको मत लिँदैछन् । सदनको अंकगणित अनुसार उनले विश्वासको मत नपाउने निश्चित छ । सदनबाट विश्वासको मत नपाएपछि उनले आफ्नो कार्यकालमा भएका काम र आगामी कार्ययोजनाबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा हुने माओवादी केन्द्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्