Logo

प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै खुमलटार सर्ने प्रचण्डको तयारी



काठमाडौं,२८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै सरकारी निवास बालुवाटार छोड्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदमा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि उनी सिधै निजी निवास खुमलटार जाने भएका हुन् ।

असार १७ गते नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो।

उनीहरूबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको थियो ।

दुई ठूला दलबीच नयाँ सरकार बनाउने विषयमा सहमति भएपछि सरकारमा रहेका एमाले, जनता समाजवादी पार्टीका मन्त्रीहरूले समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्।

सदनको अंक गणित अनुसार प्रचण्ड पदमुक्त हुने निश्चित छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ ।



प्रतिक्रिया दिनुहोस्