Logo

प्रचण्डको प्रश्नः नियत सफा भए कांग्रेस-एमाले मिल्न बन्द र अध्यारो कोठा चाहिन्छ ?



काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमालेको नियत सफा नरहेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेले बन्द र अध्यारो कोठामा सहमति गरेको बताएका हुन् । आफूले नयाँ सरकार बन्दैगर्दा तपाईँहरु मिल्नेभए मिल्नुस् भनेको उनले सुनाए ।

‘नियत सफा भए पहिलो र दोस्रो दल मिल्न बन्द र अध्यारो कोठा चाहिन्छ ? झुठमुट र कुतर्क । मैले सबै भनेँ भने तपाईँहरुलाई पनि लाज लाग्छ भन्ने मलाईँ डर छ । हाम्रा नेताहरु कतिसम्म झुठ बोल्न सक्नुहुन्छ ? कुतर्कको साहरा र मध्यरात चाहिन्छ र दुईटा दल मिल्नलाई ? मैले त यो पटक नयाँ सरकार बन्दै गर्दा तपाईँहरु मिल्नुहुन्छ भने मिल्नुस् भनेको थिएँ । मेरो लागि कुनै अनौठो छैन,’– उनले भने ।

राष्ट्रिय सहमतिको पहल कदमी दिनकै उज्यालोमा गर्न सकिने उनले बताए । कांग्रेस–एमाले षड्यन्त्रमा छन् भन्ने कुरा उनीहरुले गरेको सहमति र ठाउँबाट पुष्टि भएको प्रधानमन्त्री प्रचण्डले बताए ।



प्रतिक्रिया दिनुहोस्