Logo

कांग्रेस-एमाले २०४७ साल वरिपरी फर्किन खोजेको प्रचण्डको आरोप



काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनजस्तो जटिल र संवेदशील विषयमा खेलाची नगर्न आग्रह गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेहरुकै जस्तो तरिकाको संविधान संशोधनले जनताको स्वीकार्य नपाउने बताए । उनले राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र रहेको बताउँदै माओवादीलाई किनारा लगाएर संविधान संशोधन गर्न सक्नुहुन्छ ? भन्दै प्रश्न गरे । कांग्रेस–एमालेले इतिहासलाई फेरि पछाडि फर्काउन खोजेको आरोप लगाए ।

कांग्रेस–एमालेले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व, समानुपातिक प्रतिनिधित्व समाप्त गर्न खोजेको षड्यन्त्रको गन्ध आइरहेको बताए । उनले कांग्रेस–एमालेको इच्छा ०४७ सालकै वरिपरी फर्कने रहेको आफ्नो बुझाइ रहेको उनले बताए ।

कांग्रेस–एमालेले केही पश्चिमी देशको नक्कल गरेर साना दलहरुको अस्तित्व समाप्त पार्न खोजेको आरोप लगाए । उनले ०४७ सालदेखि २०६३ सालसम्म १५ वटा सरकार बनाउने तपाईँहरु नै होईन ? भन्दै उनले प्रश्न गरे । उनले संविधान संशोधन गर्ने हो भने खुल्ला छलफलमा आउन आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान सकिने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्