Logo

प्रचण्डलाई कांग्रेसको प्रश्न: ३/३ महिनामा तपाईं विश्वासको मत लिने, जिम्मेवारी हामीले लिनुपर्ने ?



काठमाडौं,२८ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक अस्थिरताको अन्त्य गर्नका लागि दुई ठूला राजनीतिक दलहरु मिलेको दाबी गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक विश्वासको मत लिँदै गर्दा सदनको काम नै प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको र त्यस्लाई अन्त्य गर्न दूई ठूला दल मिलेको दाबी गरे । उनले प्रधानमन्त्रीले महिनैपिच्छे विश्वासको मत लिँदा जिम्मेवारी आफैंँले लिनुपर्ने बताए ।

‘हाम्रो काम नै सदनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने भयो । प्रधानमन्त्रीको १८ महिनाको कार्यकालमा हालसम्म पाँचौपटक विश्वासको मत लिनुपर्ने वातावरण बन्यो । यसरी हेर्दा हरेक ३ महिनामा एक पटक विश्वासको मत लिनुपर्ने भयो । प्रधानमन्त्री पटक पटक विश्वासको मत लिने अनि जिम्मेवारी हामीले लिनुपर्ने ?’ उनले प्रश्न गर्दै भने ।



प्रतिक्रिया दिनुहोस्