Logo

नयाँ सरकार बन्नासाथ कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति सार्वजनिक हुन्छ: रमेश लेखक



काठमाडौं,२८ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नयाँ सरकार बनाउनेगरि नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक हुने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दुई दलबीच नयाँ सरकार बनाउन भएको सहमति छिट्टै सार्वजनिक गर्ने बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन प्रस्ताव पेस गरेको प्रतिनिधि सभाको बैठकको छलफलमा भाग लिँदै लेखकले सहमति छिट्टै सार्वजनिक हुने बताएका हुन् ।

‘दुई दलबीच भएको सहमति सार्वजनिक भएनन् भनेर धेरै विषय उठे, ’ लेखकले भने, ‘यो सहमति किन प्रकाशन भएन भन्ने छ हामी यो चाँडै प्रकाशित र गरेर राष्ट्र जनतामा समर्पित गर्छौ ।’

प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने प्रक्रिया पूरा गरेपछि आजै दुई दलबीच भएको सहमति सार्वजनिक गर्ने र प्रधानमन्त्रीमा दाबेदारी दिने दुई दलको तयारी छ ।

राजनीतिक स्थिरताको लागि एमालेसँग मिलेर सरकार गठन गर्न लागेको भन्दै उनले यसलाई अस्वाभाविक रुपमा नलिन आग्रह गरे । लेखकले एमाले अध्यक्ष केपी ओली संविधानको धारा ७६(२) प्रधानमन्त्री बन्ने बताए ।

गत असार १७ गते कांग्रेस र एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार गठन गर्ने सहमति गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्