Logo

प्रचण्डको व्यक्तित्व हेरेर हामीले विश्वास गरेको हो, माओवादीको लगानीले होईनः योगेश भट्टराई



काठमाडौं, २८ असार । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) ले लगानीभन्दा बढी नाफा खोजेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले एमालेले माओवादीको लगानीले नभएपनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यक्तित्व हेरेर विश्वास गरेको पनि उनले बताए ।

‘माओवादीले आफ्नो लगानीभन्दा बढी डीभीडेन्ट खोजेको हो कि ? लगानीभन्दा बढी डीभीडेन्ट पाइँदैन । लगानी जति हो, त्यसअनुसारको नाफा पाइन्छ । कहिलेकाही बैंकले व्यक्तिको व्यक्तित्व हेरेर पनि ऋण दिन्छ । माओवादीको धितो जमानत नपुग्दै पनि प्रचण्ड कमरेडको व्यक्तित्वबाट पनि हामीले दिएका हौं । सधैं त्यो हुँदैन । बैंकले पनि जोखिम हेर्छ, कहिले काहीँ व्यक्तिलाई पत्याउँछ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्