Logo

प्रचण्डलाई एमालेको जवाफ: हामी नर्क जाँदै जाँदैनौँ, स्वर्ग सँगै लैजाउँला



काठमाडौं,२८ असार । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वर्ग जाँदा सँगै लैजाने बताएका छन् ।

शुक्रबार संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका लागि प्रस्ताव राख्ने क्रममा ओलीले ‘असार १७ गते बिहान स्वर्ग र नर्क जहाँ गए पनि सँगै जाउँला, ०८४ को चुनाव सँगै लडौँला, पार्टी एक बनाउँला’ भनेर धोका दिएको बताएका थिए ।

जवाफमा भट्टराईले आफूहरू नर्क नजाने र स्वर्ग जाँदा प्रचणडलाई सँगै लैजाने बताए । ‘नर्क जाँदैजाँदैनौं, स्वर्ग जाँदा पनि सँगै लैजान्छौं’ उनले भने, ‘यति कुरा ढुक्क हुनुहोला । तपाईंलाई छुट्न दिँदैनौं ।’

उनले देश विकासका लागि लगानी सम्मेलनमा आएको ६ अर्बको आश्वासन पर्याप्त नभएको पनि बताए र विश्वासको वातावरण निर्माण हुन नसक्दा लगानी पर्याप्त नआएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्