Logo

मन्त्री पद गुम्ने भएपछि रविको आक्रोश: जब अनुसन्धानको सुइँ कसैको ढोकामा पुग्यो, त्यसबेला एकाएक संविधानको याद आयो ?



काठमाडौं,२८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुशासनका लागि काम गर्दागर्दै सरकार ढाल्न खोजिएको दाबी गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धीको प्रस्तावमाथि छलफलमा भाग लिँदै लामिछानेले भ्रष्टचारका फाइल खोल्न खोजेको २४ घण्टामा नै सरकार ढालिएको दाबी गरे ।

उनले संविधान जोगाउने नाममा कसैलाई जोगाउन संसद्का दुई ठूला दलबीच सहमति भएको आरोप लगाए । उनले प्रश्न सोधे, “संविधान जोगाउने नाममा कसलाई जोगाउन सहमति भयो ? न देशलाई थाहा छ, न जनतालाई, न सहमतिकर्ता दलका सांसदहरूलाई नै ।”



प्रतिक्रिया दिनुहोस्