Logo

प्रधानमन्त्री प्रचण्ड पदमुक्त



काठमाडौं, २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन् । आज (शुक्रबार) उनले प्रतिनिधि सभामा संविधानको धारा १०० को उपधारा २ बमोजिम पाँचौ पटक विश्वासको मत लिएका थिए । उनले प्रतिनिधि सभामा बहुमत गुमाएसँग पदमुक्त भएका हुन् ।

संविधानको धारा ७७ को उपधारा १ (क) ले धारा १०० बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था गरेको छ । गत २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले यो बीचमा चार पटक विश्वासको मत पाएका थिए । अन्ततः नेकपा (एमाले) र नेपाली कांग्रेसले विपक्षमा मतदान गरेसँगै उनी पदमुक्त भएका हुन् ।

आजको बैठकमा कूल २५८ सांसद उपस्थित भएकोमा विश्वासको मतको पक्षमा ६३ मत परेको थियो । विश्वासको मतको विपक्षमा १९४ मत र तटस्थमा १ मत परेको थियो ।



प्रतिक्रिया दिनुहोस्