Logo

अमरेशको चेतावनीः गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता जसले छुने कोशिस गर्छ, त्यो भष्म हुन्छ



काठमाडौं, २८ असार । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतालाई जसले छुने कोशिस गरेपनि त्यो भष्म हुने बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्राप्त उपलब्धीमाथि जनता सचेत भइसकेको बताए ।

नेता सिंहले कोहीकसैले राजा बन्ने सपना देखेको भए त्यो सम्भव नहुने पनि बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताए ।

‘कसैले दुस्साहस नगरोस्, गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता जसले छुने कोशिस गर्छ, त्यो भष्म हुन्छ । त्यसैमा भष्म हुन्छ । नेपाली जनता सचेत भइसकेका छन्, कसैले धर्मनिरपेक्षता खान सक्दैन । हामीले धर्म निरपेक्षता खान खोजेको देखिराखेका छौं । गणतन्त्र खाएर कोही फेरी राजा बन्ने सपना नदेखोस् । यो जनताको देश हो । समावेशितालाई पनि कसैले खान नखोजोस्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्