Logo

प्रधानमन्त्रीको दाबी पेश गर्न हस्ताक्षरसहित तयारी अवस्थामा ओली



काठमाडौं, २८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाट आह्वान हुनेवित्तिकै प्रधानमन्त्रीको दाबी पेश गर्ने तयारी गरका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएसँगै अर्को प्रधानमन्त्री नियुक्तिका लागि बाटो खुल्ला भएको हो ।

एमाले नेता योगेश भट्टराइका अनुसार नेपाली कांग्रेसको समर्थनसहित ओलीले प्रधानमन्त्रीको दाबी पेश गर्नेछन् । ओलीले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र पाइसकेका छन् ।

‘हस्ताक्षर भइसक्यो । मूलतः कांग्रेस र एमाले हो । अरु पनि जो आज समर्थन गर्नुभएको छ । उहाँहरु समेतको दलको नेताहरुको हस्ताक्षर संकलन हुँदैछ । आज आह्वान भयो भने आजै बुझाउँछौं,’– एमाले नेता भट्टराईले भने । File Photo



प्रतिक्रिया दिनुहोस्