Logo

राष्ट्रपतिबाट सरकार गठनको आह्वान हुनेबित्तिकै दाबी पेश गर्छौंः महेश बर्तौला



काठमाडौं, २८ असार । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रपतिबाट आह्वान हुनेवित्तिकै प्रधानमन्त्रीको दाबी पेश गरिने बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले एमाले–कांग्रेसको हस्ताक्षर तयारी अवस्थामा रहेको र राष्ट्रपतिबाट आह्वान हुनेवित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको दाबी पेश गर्ने बताएका हुन् ।

‘राष्ट्रपति कार्यालयमा आजको परिणामको सूचना पुग्नुपर्यो । यो सूचना पुग्नासाथ सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान हुनेछ । पहिलाको अभ्यास हेर्दा मेरो विचारमा आज नै आह्वान हुनेछ । आजै आह्वान भयो भने त्यसै बमोजिम गर्नेछौं । अन्यथा आह्वान जतिखेर हुन्छ, त्यसपश्चात हाम्रो प्रक्रिया अगाडि बढ्छ । आजै आह्वान भयो भने हामी हाम्रो तर्फबाट दाबी लिएर जानेछौं,’– उनले भने । Photo by: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्