Logo

राष्ट्रपति भेटेर खुमलटारतिर गए प्रचण्ड



काठमाडौं, २८ असार । संसद्बाट विश्वासको मत गुमाएसँग राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यहाँबाट खुमलटार गएका छन् ।

खुमलटार प्रधानमन्त्री प्रचण्डको निजी निवास हो । संसद्बाट विश्वासको मत गुमाएसँगै प्रधानमन्त्रीको सरकारी निवास नगएर उनी खुमलटार गएका हुन् ।

संसद्बाट विश्वासको मत गुमाएसँगै शीतल निवास पुगेका प्रचण्डले राष्ट्रपतिलाई जानकारी गराएका छन् । उनले नयाँ बन्ने सरकारका लागि संविधान नमिची आह्वान गर्न पनि राष्ट्रपतिलाई ध्यानाकार्षण गराएको स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्