Logo

अर्को सरकार गठन नभएसम्म संविधानको धारा ७७ (३) बमोजिम प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गर्ने



काठमाडौं, २८ असार । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन भएसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्लाई कार्य सम्पादनको जिम्मा दिएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भइसकेका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्न जिम्मेवारी तोकेका हुन् ।



प्रतिक्रिया दिनुहोस्