Logo

केपी शर्मा ओलीद्वारा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेश



काठमाडौं, २८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीको दाबी पेश गरेका छन् । राष्ट्रपतिद्वारा नेपालको संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको दाबी पेश गर्न आह्वान भएकोमा नेपाली कांग्रेसको समर्थनमा ओलीले दाबी पेश गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएसँगै उनी पदमुक्त भएका थिए । संसद् सचिवालयले प्रधानमन्त्रीले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालयमा पठाएसँगै राष्ट्रपति पौडेलले सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्