Logo

कांग्रेस-एमाले गठबन्धनको सरकार ३० दिनभित्रै गडबढ हुनसक्छः रामनारायण बिडारी (भिडिओसहित)



काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण विडारीले कांग्रेस–एमालेको गठबन्धन धेरै नटिक्ने दाबी गरेका छन् । आज (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेको गठबन्धन पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकार टिकेजति पनि नटिक्ने बताएका हुन् ।

उनले केपी ओली प्रधानमन्त्री बनेर विश्वासको मत पाउन गाह्रो रहेको आशंका गरे । ओली प्रधानमन्त्रीमा नियुक्ति भएर अब विश्वासको मत पाउन नसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वतः सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्री बन्ने उनको दाबी छ ।

‘यो गठबन्धन भन्दा प्रचण्डको सरकार टिकेको थियो । यो गठबन्धन टिक्दैन । अब आउने विश्वासको मत छ नि, ३० दिनभित्र, त्यहीबेला गडबढ हुनसक्छ । त्यो बेला गडबढ भयो भने देउवा संविधानअनुसार प्रधानमन्त्री हुुनुहुन्छ । त्यो उपधारा ३ बाट हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्