Logo

संविधानको अपनत्व कसैले पनि लिएन, बेवारिसे बन्योः अधिवक्ता नेपाल (भिडिओसहित)



काठमाडौं, २९ असार । अधिवक्ता स्वागत नेपालले वर्तमान संविधानको कसैले पनि अपनत्व नलिएको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संविधानमा एमाले, माओवादी, कांग्रेस, मधेशवादी दल कसैले भनेजस्तो व्यवस्था समावेशन भएको बताए । उनले वर्तमान संविधानको अपनत्व कसैले लिन नचाहँदा बेवारिसे बनेको टिप्पणी गरे ।

‘यो संविधान वास्तवमा सम्झौता हो, न कांग्रेसले भनेको भयो, न एमालेले भनेको भयो, न मधेशवादीले भनेको भयो ? यसको अपनत्व लिन कोही तयार छैनन् । यसको अपनत्व न कांग्रेस, न मधेशवादी, न माओवादीले लिन्छ । कसैले लिँदैन, यो बेवारिसे छ । कसै न कसैले अपनत्व लिनेगरीको क्रान्ति जरुरी छ,’– उनले भने ।

उनले राइट टू रिजेक्टको व्यवस्था नभएसम्म लोकतन्त्र उन्नत नहुने बताए । सरकार गठनका लागि नेपाली कांग्रेस–एमाले मिल्नुलाई कुनै नौलो मान्न नपर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्