Logo

ओली सरकारमा पठाउने मन्त्री छान्न शेखर-गगन समूहको बैठक जारी



काठमाडौं,३० असार । केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको तर्फबाट पठाउने मन्त्रीहरु छान्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक जारी छ ।

कांग्रेस नेता डा शेखर कोइरालाले नेतृत्व गरेको सो समूहले कांग्रेसले पाउने १० मध्ये ३ जना मन्त्री पाउने बताईएको छ । कोइरालाको विशालनगरस्थित सचिवालयमा बसेको बैठकमा महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी छन् ।

संस्थापन इतर समूहबाट सांसदहरु जीवन परियार, बद्री पाण्डे, चन्द्र भण्डारी , प्रदीप पौडेल, प्रतिमा गौतम र अर्जुननरसिंह केसीलगायतले मन्त्रीका लागि लविङ गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्