Logo

योगेश भट्टराई मन्त्री बन्दै, सञ्चार मन्त्रालयमा पठाउने ओलीको तयारी



काठमाडौं, ३० असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । बालुवाटार स्रोतका अनुसार आज बेलुका ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यतालिका रहेको छ । प्रधानमन्त्री नियुक्त भएलगत्तै ओलीले आजनै मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न लागेका ओलीले दुवै दलबाट मन्त्रीहरु नियुक्त गर्दैछन् । एमालेले पार्टीको तर्फबाट मन्त्रीहरुको नाम टुङ्गो लगाइसकेको बताइएको छ । ओलीले पार्टी सचिव योगेश भट्टराईलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् ।

एमाले सचिव भट्टराईले यसअघि ओली नेतृत्वको सरकारकै पालामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए । ताप्लेजुङबाट २०७४ र २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका भट्टराई यस पटक सञ्चार मन्त्री बन्ने पक्का भएको स्रोतको दाबी छ । File Photo



प्रतिक्रिया दिनुहोस्