Logo

कांग्रेसले जनताको अभिमत अस्वीकार गर्दा राष्ट्रपतिले संविधान मिच्नुभयोः पूर्व महान्यायाधिवक्ता प्रधान



काठमाडौं, ३० असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान मिचेको आरोप लगाएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको धारा ७६ (२) अन्ुसार बनेको सरकारले विश्वासको मत नपाउँदै गर्दा राष्ट्रपतिले पुनः सोही धारा दोहोर्याएको भन्दै उनले आपत्ति जनाए । नेता प्रधानले सो विषय अब न्यायलयको विषय बन्ने बताए ।

नेता प्रधानले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा सिफारिस गरेर कांग्रेसले जनताको अभिमत स्वीकार गरेको उनको टिप्पणी छ । उनले कांग्रेसका नेताहरुलाई राम्रोसँग संविधान पढ्न सुझाए । ‘राष्ट्रपतिलाई विज्ञप्ति जारी गर्न लगाएर संविधानको धारा ७६ (२) अन्तर्गत खड्ग ओलीलाई प्रधानमन्त्री नियुक्ति गरेर तपाईहरु (कांग्रेस) भागाभाग गर्न मिल्छ ? जनताले दिएको अभिमतलाई स्वीकार गर्न मिल्छ । ७६ (२) अन्तर्गतको प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त नभएमा ७६ (३) मा जाने प्रष्ट लेखिएको छ । तपाईँले त्यो पढ्नुभएन ?’ उनले प्रश्न गरे ।

साथै, उनले एमाले अध्यक्ष ओलीबाट संविधानमाथि खतरा रहेको संकेत गरे । उनले कांग्रेस–माओवादी मिलेर संविधानको रक्षा गर्न आवश्यक रहेको बताए । ‘कांग्रेसका साथीहरुलाई आग्रह गर्न चाहन्छु, तपाईँ हामी मिलेर संविधानको रक्षा गरौं । खड्ग ओलीले दुई दुई पटक संसद् विघटन गरिक्नु भएको छ । के भन्न सकिन्छ र तीन पटक दाउ खेल्दैनन् भनेर ? त्यस्तो व्यक्तिलाई प्रधानमन्त्री चयन गर्ने अभिमत तपाईहरुले दिनुभयो, यो दुर्भाग्यको कुरा हो,’– उनले भने । File Photo



प्रतिक्रिया दिनुहोस्