काठमाडौं, ३० असार । काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका–५ का प्रकाश शिवभक्ति र मिलन शिवभक्तिले उचारको लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरु अपरिचित व्यक्तिको आक्रमणबाट सख्त घाइते भइ उपचाररत रहेको बताइएको छ ।
हाल मध्यपुर थिमीस्थित भक्तपुर इन्टरनेश्नल हस्पिटलमा भइरहेको र उपचारको लागि धेरै खर्च नभएको भन्दै उनीहरुले आर्थिक सहयोगको अपिल गरिएको हो । पीडित प्रकाश र मिलनकी दिदी बबिता तामाङले आफ्ना भाइहरुलाई अपरिचित युवतीले धारिलो हतियार प्रहार गरी घाइते बनाएको बताईन् । घटनामा संलग्नलाई अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको उनले बताईन् ।