काठमाडौं, ३० असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीतिक समिति सदस्य विजयकुमार राय दनुवारले पार्टी परित्याग गरेका छन् । जसपा नेपाल परित्याग गरेका नेता दनुवार लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
उनलाई लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टी प्रवेश गराएका थिए । उनलाई अध्यक्ष ठाकुरले पार्टी सदस्यता प्रदान गरेका छन् ।