Logo

मन्त्रीका लागि जसपाबाट प्रदीप र नवलकिशोरको नाम टुंगियो



काठमाडौं,३१ असार । अशोक राई नेतृत्वको जनता साजवादी पार्टीले २ जना मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

सोमबार बिहान बसेको जसपाको बैठकले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

त्यसअनुसार खानेपानी मन्त्रीमा यादवलाई पठाउने निर्णय भएको छ । उनी प्रचण्ड सरकारमा छोटो समय स्वास्थ तथा जनसंख्य मन्त्री थिए । यता सुडीलाई महिला बालवालिका मन्त्रालयको जिम्मा दिने तयारी छ ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिँदैछन्।



प्रतिक्रिया दिनुहोस्