Logo

कांग्रेसले पनि टुंग्यायो १० मन्त्रीको नाम, गृहमा लेखक परराष्ट्रमा आरजु



काठमाडौं,३१ असार । मन्त्रीको भागबन्डा मिलेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना मन्त्रीको नाममात्र टुंग्याएका छन् ।

पार्टीको संस्थापन इतर समूह भनिने शेखर कोइराला–गगन थापा समूहले तीन जना मन्त्रीको नाम सिफारिस गरेपछि देउवाले १० जनाको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन् ।

देउवाले प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, अजय चौरासिया, दिपक खड्का, तेजुलाल चौधरी र ऐनबहादुर शाहीको नाम टुंग्याएका हुन् ।

सिंहले उपप्रधानसहित सहरी विकास, लेखकले गृह, आरजु राणा देउवाले परराष्ट्र, चौरसियाले कानुन, खड्काले ऊर्जा, तेजुलाल चौधरीले खेलकुद र ऐनबहादुर शाहीले वनमन्त्रालयको नेतृत्व सम्हाल्ने छन् । शेखर–गगन पक्षलाई देउवाले स्वास्थ्य, पर्यटन र कृषि मन्त्रालय छुट्याएका छन् ।

सो मन्त्रालयमा शेखर गगन समूहले पनि मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

स्रोतका अनुसार प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् । रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।



प्रतिक्रिया दिनुहोस्