Logo

पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले के भने ?




काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै पौडेलले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पौडेलले नयाँ सरकारले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । टुटेको आत्मविश्वास हटाएर जनतामा नयाँ आशा भर्ने नयाँ सरकारको उद्देश्य रहेको उनले बताए ।

सोमवार अपरान्ह अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले नागरिकमा आत्मविश्वास भर्नु सरकारको प्राथमिकता हुने बताएका हुन् ।

‘नयाँ सरकारले सन्देश दिएको छ, राजनीतिक स्थिरता हुने र शिथिल अर्थतन्त्रलाई चलायमान गराउने । मानिसको आत्मविश्वास टुटेको छ, नागरिकमा निराशा चिर्ने र आशा जगाउने काम सरकारले गर्नेछ,’ उनले भने ।

मन्त्री पौडेलले विकास वित्तका नयाँ विकल्प खोज्ने, संस्थागत अध्ययन गर्ने फाइलमा पहिलो हस्ताक्षर गरेका छन् । विकास खर्च कम गर्ने र रोगलाई हटाउने उनले वाचा गरे



प्रतिक्रिया दिनुहोस्